आइपिएल १३ औं संस्करणको ४० औं खेल आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच केहि समयमा खेल हुँदैछ ।

आज दुबईमा हुन लागेका खेलमा दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ । अंक तालिकामा राजस्थान ८ अंक सहित ६ औ स्थानमा र हैदराबाद ६ अंक सहित ७ औ स्थानमा रहेको छ। टुर्नामेन्टमा रहिरहन आज दुबै टिमलाई यो खेल जित्नुपर्नेछ ।

अहिले सम्म १० खेल खेलेको राजस्थानले ४ खेलमा जित हात परेको छ भने ६ खेलमा हार बेहोरेको छ भने हैदराबादले ९ खेलमा ३ खेल जितेको छ भने ६ खेल हारेको छ।

यस अघिको खेलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो । राहुल तेवतिया र रियान परागको साझेदारीले आफ्नो टिमलाई जित दिलाएका थिए। पहिलो इनिंगमा राजस्थानले ५ विकेटमा १५८ रन बनेका थिए। यसको जबाफमा हैदराबादले एक बल बाँकी रहँदा ५ विकेटले खेलमा जित हात परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here