जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आफ्नो ट्वीटरमार्फत उनले र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार भट्टराई दम्पतिले कार्तिक ७ गते स्वाब परिक्षण गरेका थिए। चिकित्सकहरूको सल्लाह बमोजिम अहिले दुवै जना होम आइसोलेसनमा बसेका छन्। त्यस्तै उनले केही समय यता सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउनुहुन विशेष अनुरोध गरेका छन्।

असोजको अन्तिम सातामा भट्टराई, उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु पर्साको सखुवा पर्सौनी र ठोरी गाउँपालिकामा बेग्लाबेग्लै स्थानमा पार्टी प्रवेश कार्यक्रम गरेका थिए ।


जिम्मेवार नेताको गैरजिम्मेवारीपूर्ण हर्कतः भट्टराई, यादव र मुख्यमन्त्री नै कानूनको धज्जी उडाउन, जनस्वास्थ्यमाथि खेलवाड गर्न व्यस्त

उक्त कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले गर्वका साथ आफ्नो ट्वीटर र फेसबुकमा फोटोसहित लेखेका छन्, ‘पर्सा जिल्लाका सखुवा पर्सौनी गापा र ठोरीमा भएका अलगअलग कार्यक्रमहरुमा नेका, नेकपा लगायतका पार्टी परित्याग गरी १५०० बढी नेता÷कार्यकर्ता जसपामा प्रवेश! राजनीतिक ध्रवीकरण तीब्र बन्दै!’

उक्त कार्यक्रमको तस्बिर:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here