नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफी गर्ने बताएका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका यसअघि गरेका गल्तीलाई माफी दिने बताएका हुन् ।

पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उनले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे । ओलीले कम्युनिष्ट आन्दोलन अझैपनि पुरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।

ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए । उनले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले सुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरे ।

अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्मा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनले बताए । उनले कम्युनिष्टलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने स्पष्ट पारे ।

पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडी बढेको भन्दै उनले अव आफुहरुले यसलाई थप मजबुद बनाउने जिकिर गरे । कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here