आइपिएलको १३ औं संस्करणको ४४ खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बेगलुरुलाई ८ विकेटले हराएको छ। आज दुबईमा भएको खेलमा टस जितेर ब्याटिंग रोजेका आर्सिबीले चेन्नईलाई १४६ रनको टारगेट दिएको थियो।

त्यसको जवाबमा चेन्नईले १८.४ ओभरमा २ विकेटमा १५० रन बनाएर आजको खेलमा जित हासिल गरेको हो।आजको खेलमा रितुराज गायकवाड़ले आइपिएलमा पहिलो अर्धसतक बनेका छन्। उनले आजको खेलमा ६५ रन बनाएका छन्।

चेन्नईका अंबाती रायडूले २७ बलमा २९ रन बनाए। चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले १९ रन बनाए। गायकवाड़ले छक्का हानेर आफ्नो टिमलाई जित दिलाएका थिए । आर्सिबीका क्रिस मॉरिस र युजवेंद्र चहलले १-१ विकेट लिएका थिए।

धोनीको कप्तानीमा रहेको चेन्नईले यस अघि लगातार ३ खेलमा हर बेहोरेको थियो । जितसंगै चेन्नई ८ अंक सहित अंक तालिकाको ७ औं स्थानमा उक्लिएको छ भने आर्सिबी १४ अंक सहित तेस्रो स्थानमा रहेको छ।

आर्सिबी अब प्ले-आफमा आफ्नो स्थान बनाउनका लागि अझै कुर्नुपर्ने छ। आब अर्सिबीले एक खेल जिते मात्र टुर्नामेन्टको प्लेआफ खेल्न पाउने छ।

ओभररनब्याट्स मेनबलर
०-५४६/०डु प्लेसिस: २५ रन
६-१० ३६/०रायडू: २० रनमॉरिस : १ विकेट
११-१५४५/१रायडू: ९ रनचहल : १ विकेट
१६-१८.४२३/०गायकवाड़: १४ रन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here