भारतको बिहारमा आज बिधानसभाको मतदान जारी छ। पहिलो चरणमा आज ७१ सिटका लागि १६ जिल्लामा मतदान भईराखेको छ। उक्त सिटका लागि ९५२ पुरुष र ११४ महिला गरि कुल १ हजार ६६ जनाले आफ्नो उम्मेदवारी दिएका छन् ।

भारतीय संचार मध्यमका अनुसार अहिलसम्म पटनामा ४%, गयामा २।९% ,जहानाबादमा २.७%, बांकामा २%, मुंगेरमा २.५% ,जमुईमा २.३%,भोजपुरमा ३%,बक्सरमा २.३%, शेखपुरामा १.८%, कैमूरमा २.२%, रोहतासमा २.८%, अरवलमा २.६%,लखीसरायमा ३%, भागलपुरमा ३%, नवादामा २.६% र औरंगाबादमा २.४% मतदान भईसकेको छ।

बिश्वब्यापी रुपमा फैलिएको महामारीका कारण निर्वाचन आयोगले मतदानको समय १ घण्टा बढाएको छ । आयोगले सिटका आधारमा मतदानको समय निर्धारित गरेको छ । ४ सिटका लागि बिहान ७ बजेदेखि दिँउसो ३ बजे, २६ सिटका लागि दिँउसो ४ बजेसम्म, ५ सिटका लागि ५ बजे सम्म र बाँकी ३६ सिटका लागि ६ बजे सम्म मतदाताहरुले मतदान गर्न पाउने आयोगले जनाएको छ।

त्यस्तै दोश्रो चरणको चुनाव कार्तिक १७ गते र तेस्रो चरणको चुनाव कार्तिक २२ गते हुनेछ भने यसको नतिजा कार्तिक २५ गते सार्वजनिक हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here