अमेरिकामा चुनावी माहौल चलिराखेको छ। राष्ट्रपति पदका लागि कार्तिक १८ गते हुन लागेको निर्वाचनका लागि चुनावी प्रचार प्रसार जारी छ ।

बिश्व ब्यापी महामारीको रुपमा फैलिएको कोबिड-१९ ले सबैभन्दा क्षति अमेरिकामा नै पुराएको छ । चुनावी माहोल बढेसंगै अमेरिकामा कोरोनाको संक्रमण पनि बढ्दै गएको छ । एक हप्तामा अमेरिका कुल ५ लाखभन्दा बढीमा संक्रमण देखिएको छ। यसै बिचमा कुल ५ हजार ६ सय जनाको मृत्यु भईसकेको न्यूज एजेन्सी रायटर्सले जानकारी दिएको छ ।

अमेरिकामा सबैभन्दा बढी इलिनाइस राज्यमा प्रभाव परेको छ। इलिनाइसमा अहिलेसम्म ३१ हजार जनामा संक्रमण देखिसकेको छ। पेन्सिलवेनिया र विस्कॉन्सिनमा पनि संक्रमणको दर बढ्दै गईराखेको छ।

बिश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का अनुसार अहिले सम्म अमेरिकामा ९० लाख ३८ हजार ३० जनामा कोरोना देखि सकेको छ भने यसबाट २ लाख ३२ हजार ८४ को मृत्यु भईसकेको छ। अमेरिका अहिले कुल २९ लाख २७ हजार ९८२ सक्रिय संक्रमित छ भने ५८ लाख ७७ हजार ९६४ स्वास्थ्य लाभ लिईसकेको डब्लु एच ओले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here