फ्रान्समा कोरोनाको दोश्रो फेजलाई मध्यनजर राख्दै फ्रान्स सरकारले एक महिनाको लकडाउन गर्ने तयारी गरिएको छ। अन्तराष्ट्रिय संचार मध्यमका अनुसार आइतबारबाट फ्रान्समा देशभर लकडाउन हुने बताइएको छ।

संचार मध्यमका अनुसार आज राष्ट्रपति एमेनुएल मैक्रोले देशवासीको नाम सम्बोधन गर्नेछन् । उनले उक्त सम्बोधन मार्फत देशमा पूर्ण लकडाउन गर्ने जानकारी दिइने बताइएको छ। त्यस्तै कोरोनालाई मध्यनजर राखेर अन्य घोषणा समेत गर्ने संचार मध्यमले जनाएका छन् ।

राष्ट्रपति मैक्रोले अघिल्लो हप्ता आफ्नो सम्बोधनमा देशमा पर्यटकहरुको कारण संक्रमण फैलिदै गएको बताएका थिए। त्यसैले आजको उनको सम्बोधनमा उनले पर्यटक सम्बधि नयाँ नियम र रणनीति पनि सार्बजनिक गर्ने अनुमान लागिएको छ। अहिलेसम्म फ्रान्समा ११ लाख ९८ हजार ६९५ जनामा संक्रमण देखिएको छ भने यस बाट ३५ हजार ५४१ जनाको मृत्यी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here