पोखरमा आज थप ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार बुधबार पोखरामा ८६ जना सहित गण्डकी प्रदेशमा थप ११९ जनामा पुष्टि भएको हो।

निर्देशनालयका अनुसार नवलपरासीमा १६ जना, तनहुँमा १, गोरखामा ३, स्याङ्जामा १२ र मुस्ताङमा १ जना संक्रमण द्केहिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ११ पुगेको छ भने ६९ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ४ हजार १४ जना स्वास्थ्य लाभ लिई सकेका छन्।
पछिल्लो समय चाडबाडका कारण पोखरामा संक्रमितको संख्या दिनहु बढ्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here