भारतको बिहारमा आज भएको बिधानसभाको चुनावमा ५२% मत खसेको छ। बुधबार ७१ सिटका लागि १६ जिल्लामा मतदानमा बेलुका ५ बजेसम्म कुल ५२% मत खसेको भारतीय संचार मध्यमले जनाएको छ।

सन् २०१५ को बिधानसभा चुनावमा ७१ सिटका लागि ५४.९४% भोट खसेको थियो। त्यस्तै लोक सभाका ५३.५४% मतदान खसेको थियो। सन् २०१० को बिधानसभा चुनावमा बिहारमा ५०.६७% मत खसेको थियो। अहिले सम्मको विवरण अनुसार यसपाली २०१५ भन्दा ३% र २०१० भन्दा १% मत कम खसेको संचार मध्यमले जनाएको छ।

बिधानसभा चुनावका लागि आज भएको पहिलो चरणको मतदानमा ७१ सिटका लागि ९५२ पुरुष र ११४ महिला गरि कुल १ हजार ६६ जनाले आफ्नो उम्मेदवारी दिएका थिए।

बिश्वब्यापी रुपमा फैलिएको महामारीका कारण निर्वाचन आयोगले मतदानको समय १ घण्टा बढाएको थियो । आयोगले सिटका आधारमा मतदानको समय निर्धारित गरेको थियो । ४ सिटका लागि बिहान ७ बजेदेखि दिँउसो ३ बजेसम्म, २६ सिटका लागि दिँउसो ४ बजेसम्म, ५ सिटका लागि ५ बजे सम्म र बाँकी ३६ सिटका लागि ६ बजे सम्म मतदान गर्न पाउने व्यवस्था थियो।

अब दोश्रो चरणको चुनाव कार्तिक १७ गते र तेस्रो चरणको चुनाव कार्तिक २२ गते हुनेछ भने यसको नतिजा कार्तिक २५ गते सार्वजनिक हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here