नेपालमा बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ८८६ पिसिआर परिक्षणका क्रममा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १२ सय ६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ संक्रमित निको भएका छन् । हाल नेपालमा २९ हजार ४४४ सक्रिय संक्रमित आइशोलेशन र ३४९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ७४ हजार ८६४ वटा पिसिआर र ३ लाख ४ हजार ५४६ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here