आबुधाबीमा मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बेगलुरु(आर्सिबी) बीच जारी खेलको पहिलो इनिंगस सकिएको छ । टस हारेर ब्याटिंगका लागि उत्रेको आर्सिबिले मुम्बईलाइ १६५ रनको लक्ष्य दिएको छ ।

देवदत्त पडिक्कलले सिजनको चौथो अर्थसतक पुरा गरेका छन्। उनले आजको खेलमा ७४ रन बनाए। त्यस्तै जसप्रीत बुमराहले आइपिएलमा आफ्नो १०० विकेट पुरा गरेका छन्। उनले ४ ओभरमा १४ रन दिएका छन् भने ३ विकेट लिएका छन्। यस संगै कीरोन पोलार्ड, ट्रेंट बोल्ट र राहुल चाहरले 1-1 विकेट लिएका छन्।

पडिक्कल र फिलिपले आरिसिबिको राम्रो सुरुवात गरेका थिए। दुबैको पावर-प्लेमा टिमलाई ५० रन पुरा गरेका थिए। पहिलो विकेटका लागि पडिक्कल र फिलिपले ७१ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी चाहरले तोडेका थिए। उनि चाहरको बलमा क्विटन डिकॉकले स्टाम्प गरेका थिए।

आजको खेलमा कप्तान बिराट कोहली र एबी डिविलियर्सले केहि चमत्कार गर्न सकेनन। कोहलीले आजको खेलमा ९ रनको मात्र योगदान दिए। उनलाई उम्रहले आउट गरेका थिए। त्यस्तो डिविलियर्स पनि १५ रनमा मात्र सिमित भए। उनलाई पोलार्डको बलमा चाहरले क्याच गरेर पभिलियन पठाएका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here