आबुधाबीमा मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बेगलुरु(आर्सिबी) बीच दोश्रो इनिंगस जारी छ ।

दोश्रो इनिंगसमा अहिलेसम्म मुम्बईले ४ विकेट गुमाएको छ। पहिलो इनिंगसमा आर्सिबीले मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो।

त्यसको जबाफमा मुम्बईबाट क्विंटन डिकॉक र ईशान किशनले ओपनिङ्ग गरेका थिए। डिकॉक र किशनले पहिलो विकेटका लागि ३७ रन जोडेका थिए। १८ रन बनाएका डिकॉक मोहम्मद सिराजको बलमा आउट भए। त्यसपछि सूर्यकुमार यादव र किशनको पावर-प्लेमा टीमलाई ४५ रन दिलाए। किशन २५ रन बनाएर युजवेंद्र चहलको बलमा आउट भए। सौरभ तिवारी ५ रन बनाएर सिराजको दोश्रो शिकार बने। क्रुणाल पण्डया १० रन बनाए चहलको बलमा पर आउट भए।

खेलको पछिल्लो अपडेट अनुसार १५। ६ ओभर खेलेको मुम्बईले १३० रन बनाएको छ भने ४ विकेट गुमाएको छ। यो खेल जित्न मुम्बईले २४ बलमा ३५ रन बन्नु पर्ने छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here