युरोपियन च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्समाथि जीत हात परेको छ । गएराति च्याम्पियन्स लिगको समूह ‘जी’ को खेलमा बार्सिलोनाले युभेन्ट्स माथि २-० को जीत हासिल गरेको हो ।

खेल सुरु भएको १४ मिनेटमा बार्सिलोनाका उसमान डेम्बेले लिओनल मेसीको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए ।

दोश्रो हाफको सकिन ५ मिनेट अघि युभेन्ट्सका डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाए। त्यसपछि खेल १० खेलाडीमा मात्र सिमित भयो। दोश्रो हाफको इन्जुरी टाइममा अन्सु फातीलाई फउल गरेपछि बार्सिलोना पाएको पेनाल्टीलाई कप्तान मेस्सीले राम्रो सदुपयोग गरे।

यस जीत संगै बार्सिलोना ६ अंक सहित समुहको शिर्ष स्थानमा छ भने युभेन्ट्स ३ अंक सहित अंक तालिकामा दोश्रो स्थानमा छ ।

मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई एक साथ मैदानमा देख्ने दर्शकको रहर भने पुरा हुन सकेन। कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो हिजोको खेलमा सहभागी भएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here