काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमणको पुष्टि भएको छ।

देशकै संघीय राजधानी रहेको काठमाडौं जिल्लाको दैनिक कार्यसञ्चालनदेखि कोरोना भाइरसविरुद्धको सरकारी लडाइको अग्रपंक्तिमा रहेर कार्य गर्ने प्रमुख दायित्व रहेका प्रजिअ दाहाललाई कोरोनाको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ देखिएको पारिवारिक स्रोतले बतायो।

सुरुमा दाहालकी श्रीमती विमला दाहाललाई हल्का ज्वरो आएपछि कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको र त्यसलगत्तै सिडिओ दाहाललाई पनि हल्का टाउको दुखेपछि पिसिआर परिक्षण गर्दा उनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो।
दशैं लगत्तै आफू र आफ्नो परिवारलाई कोरोना पुष्टि भएपछि अहिले सिडिओ दाहाल आफ्नै निवासमा होम आइसोलेशनमा बसिरहेका छन्।

दशैंको घटस्थापना लगत्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयका चार जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयको दैनिक सेवा बन्द गरी जिल्लामा बजार अनुगमनका लागि संक्रमित नभएका कर्मचारीहरुको विभिन्न टोली गठन गरी परिचालन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here