आइपिएलको १३ औं सिजनको ५२ औं खेल रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादका बीच शारजाहमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि उत्रेको बेंगलुरुको चार विकेट गएको छ। ११ ओभरसम्म आइपुग्दा बेंगलुरुका देवदत्त पदीकल, कप्तान बिराट कोहली, एबी डिविलियर्स र जोश फ़िलिप आउट भएका छन् ।

डिविलियर्स २४ रन बनाएर आउट भएका छन्। उनि शाहबाज नदीमको बलमा अभिषेकले क्याच गरेका थिए। फ़िलिप भने राशिद खानको हात बाट बोल्ड भएका थिए।

ओपनिङ्गका लागि क्रिजमा उत्रेका देवदत्त पडिक्कल ५ रन बनेर आउट बोल्ड भएका थिए भने कप्तान कोहली केन विलियम्सनको हातबाट क्याच आउट भएका थिए। कप्तान कोहलीले ७ बलमा ७ नै रनको योग दान दिएका थिए ।

पछिल्लो खेल अपडेट अनुसार १२। ५ विकेटमा बैगलोरले ४ विकेट गुमाएर ८२ रन बनाएको छ । त्यस्तै अहिले क्रिजमा वॉशिंगटन सुन्दर र गुरकीरत सिंह मान रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here