आइपिएलको १३ औं सिजनको ५५ औं खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच अबु धाबीमा जारी छ। टस हारेर ब्याटिंगका लागि उत्रेको बेङ्गलुरुको दुई विकेट गुमेको छ। पछिल्लो अपडेट अनुसार बेङ्गलुरुका कप्तान बिरात कोहली २९ रन बनाएर रविचन्दन अश्विनको बलमा आउट भएका छन्। यस अघि जोश फिलिप आउट भएका थिए।

पहिलो विकेट गएपछि कप्तान कोहली र पडिक्कलले ५७ रन को साझेदारी भनेका थिए। त्यो साझदारीलाई अश्विनले तोडे।

बेङ्गलुरुका ओपनर देवदत्त पडिक्कल र जोश फिलिपले सुरुवात गरेका थिए। पेडिक्कल र फिलिपको सझेधारी भने लामो समय टिक्न सकेन। फिलिप १२ रन बनाएर कगिसो रबाडाको बलमा आउट भएका थिए । बेङ्गलुरुले पावर-प्लेमा ४० रन बनाएको थियो।

१५ ओभर खेलेको बेङ्गलुरुले दुई विकेटको नोक्सानमा ९५ रन बनाएको छ।



आज जित्ने टिम अंक तालिकामा दोश्रो स्थानमा पुग्नेछ र मुम्बई इन्डियनसबिरुद्ध कार्तिक २० गते खेल्नेछ ।

अंक तालिका अनुसार १३ खेल खेलेको बेङ्गलुरु ७ खेल जितेर १४ अंक बटुलेर दोश्रो स्थानमा छ भने दिल्लीले १३ खेलमा ७ खेल जितेर १४ अंक सहित तेस्रो स्थानमा। बेङ्गलुरुको नेट रनरेट दिल्लीभन्दा राम्रो छ। दिल्लीले लगातार ४ खेल र बेङ्गलुरुले ३ खेल हारेको छ ।

थप पढ्नुहोस्:

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here