आइपिएलको १३ औं सिजनको ५५ औं खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु बीचको पहिलो इनिंगस सकिएको छ । टस हारेर ब्यटिंगका लागि उत्रेको बेङ्गलुरुले दिल्लीलाई १५३ रनको टार्गेट दिएको छ ।

आजको खेलमा देवदत्त पडिक्कलले सिजनको ५ औं अर्धसतक लगाएर आउट भएका छन् । एबी दिबिलियर्सले ३५ रन बनाएएका छन् । दिल्लीका एनरिच नोर्तजेले ३, कगिसो रबाडाले २ र रविचन्दन अश्विनले एक विकेट लिएका छन्।


बेङ्गलुरुका कप्तान बिरात कोहली २९ रन बनाएर रविचन्दन अश्विनको बलमा आउट भए । पहिलो विकेट गएपछि कप्तान कोहली र पडिक्कलले ५७ रन को साझेदारी भनेका थिए। त्यो साझदारीलाई अश्विनले तोडे।

थप पढ्नुहोस्:



आज जित्ने टिम अंक तालिकामा दोश्रो स्थानमा पुग्नेछ र मुम्बई इन्डियनसबिरुद्ध कार्तिक २० गते खेल्नेछ ।

अंक तालिका अनुसार १३ खेल खेलेको बेङ्गलुरु ७ खेल जितेर १४ अंक बटुलेर दोश्रो स्थानमा छ भने दिल्लीले १३ खेलमा ७ खेल जितेर १४ अंक सहित तेस्रो स्थानमा। बेङ्गलुरुको नेट रनरेट दिल्लीभन्दा राम्रो छ। दिल्लीले लगातार ४ खेल र बेङ्गलुरुले ३ खेल हारेको छ ।

थप पढ्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here