आइपिएलको १३ औं सिजनको ५६ औं खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियनसलाई १० विकेटले हराएको छ । शारजाहमा लिग राउण्डको अन्तिम खेलमा टस हरेर ब्याटिंग गरेको मुम्बईले १५० रनको टार्गेट दिएको थियो ।

त्यसको जबाफमा १७.१ ओभरमा बिना विकेट नोक्सानमा १५१ रन बनेर खेल आफ्नो नाममा गरेको थियो । आइपिएलमा कप्तान डेबिड वार्नरले आफ्नो ४८ औं र ऋद्धिमान साहाले ८औन अर्धसतक पुरा गरेका छन् । वार्नर ८५ र साहा ५८ रन बिना कुनै नोक्सानमा बनाएका थिए। शाहबाज नदीम (१९ रन दिए, २ विकेट लिए) को मैन अफ द मैच घोषित भएका थिए।

यस जीतसंगै हैदराबादले प्ले-अफमा आफ्नो स्थान सुरक्षित गरेको छ। मुम्बई इन्डियनस, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु पहिले नै प्ले -अफमा आफ्नो स्थान सुनिश्चित गरेका थिए। त्यस्तै नेट रनरेटको आधारमा कोलकाता नाइट राइडर्स लिगबाट बाहिर भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here