आइपिएलको १३ औं सिजनको पहिलो क्वालिफायर खेल आज साँझ ७:४५ बजे मुम्बई इन्डियनस र दिल्ली क्यापिटल्स बीच हुँदैछ। आज जित्ने टिमले सिधै फाइनलमा आफ्नो स्थान लिनेछ भने हार्ने टिमले अर्को मौका प्राप्त गर्नेछ।

आजको खेलमा हार्ने टिम भोलि हुने एलिमिनेटरको बिजेतासंग भिड्नेछ । त्यस खेलमा जित्ने टिमले फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । एलिमिनेटरमा भोलि अबु धाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच हुनेछ ।

लिग चरणमा मुम्बई र दिल्ली अंक तालिकामा शिर्ष २ मा स्थान बनेको छ। मुम्बईले १४ खेलमा ९ खेल जित र ९ खेलमा हर बेहोर्दै १८ अंक सहित शिर्ष स्थानमा रहेको छ भने त्यहीं दिल्लीले ८ खेल जीत र ६ हार बेहोर्दै १६ अंक सहित दोश्रो स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here