आइपिएलका १३ औं सिजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डियनसले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ। यससंगै डिफेडिंग च्याम्पेन मुम्बई लगातार दोश्रो पटक फाइनलमा पुगेको हो । रोहित शर्माको कप्तानीमा मुम्बई टिम ५ औं पटक खिताब जित्न एक कदम टाढा छ। पछिल्लो पटक मुम्बईले फाइनलमा चेन्नई सुप्पर किंग्सलाई १ रनले हराएको थियो। यस भन्दाअघि २०१७,२०१५ र २०१३ मा च्याम्पेन बनेको थियो।

बिहिबार साझँ दुबईमा भएको खेलमा टस हारेर ब्याटिंगको लागि क्रिजमा उत्रेको मुम्बईले दिल्लीलाई २०१ रनको लक्ष्य दिएको थियो। त्यसको जबाफमा दिल्लीले ८ विकेटको नोक्सानमा १४३ रन बनायो। दिल्लीका लागि मार्कसस्टोइनिसले ४६ बलमा ६५ रन बनेका थिए । जसप्रीत बुमराहले ४ ओभरमा १४ रन बनाए भने ४ विकेट लिएका थिए। उनि हिजो खेल ‘म्यान अफ द म्याच’ भएका थिए।

दिल्लीले सुरुवातमा निकै खराब प्रदर्शन गरेको थियो। टिमले खाता न खोल्दैन ३ विकेट गुमेको थियो। पहिलो ओभरमा दिल्लीका टेन्ट बोल्डले पृथ्वी शा र अजिक्य रहाणेलाई पभिलियाँ फर्काए। पृथ्वीको क्याच विकेटकिप्पर क्विटन डिकॉकले लिएका थिए भने रहाणे एलबीडब्ल्यू भएका थिए , त्यसपछि दोस्रो ओभरमा बुमराहले शिखर धावनलाई क्लीन बोल्ड गरेका थिए।

मुम्बईका बल्लर बुमराहले दिल्लीको ४ महत्वपूर्ण विकेट लिए। उनले शिकार शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल सैम्सलाई आउट गरेका थिए। यस मध्य धवन र सैम्सले खाता पनि खोल्न पाएनन् भने अय्यरले १२ र स्टोइनिसले ६५ रन बनेका थिए।

मुम्बईले ५ विकेट गुमेर २०० रन बनेको थियो। मुम्बईमा सबै भन्दा बढी रन ईशान किशन (५५) दिएका थिए भने सूर्यकुमार यादवले ५१ र क्विटन डिकॉकले ४० रन पारी खेले। अन्तिममा हार्दिक पंड्याले १४ बलमा ३७ रनको पारी खेलेका थिए। उनले ६ छक्क लागेका थिए। दिल्लीका रबिचन्दन अश्विनले २९ रन दिएर सबै भन्दा बढी ३ विकेट लिएका थिए। त्यस्तै अलावा एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १-१ विकेट लिएका थिए ।

सिजनमा यी दुई टिमबीच तेस्रो पटक खेल भएको हो। तीन पटक नै मुम्बईले नै जीत हासिल गरेको थियो । लिग चरणमा पहिले अबु धाबीमा दिल्लीलाई ५ विकेटले हरायो । त्यसपछि दोश्रो पटक दुबईमा दिल्ली ९ विकेटले हरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here