इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरयुनाइटेड बराबरीमा रोकिएको छ । आइतबार साँझ सेन्ट म्यारी स्टेडियममा भएको खेलमा साउथह्याम्पटनले युनाइटेडलाई १-१ को बराबरीमा रोकेको हो ।

पहिलो हाफको ३० औं मिनेटमा युनाइटेडका फ्रेडले आत्माघाती गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको साउथह्याम्पटनले दोश्रो हाफमा भने कायम गर्न सकेन । खेलको ५५ औं मिनेटमा पउल पोग्बाको पासमा म्यासन ग्रीनउडले गोल गर्दै खेल बराबरीमा पुग्यो ।

यससंगै दुई खेल खेलेको युनाइरेड ४ अंक बटुलेको छ भने साउथह्याम्पटनले भने एक अंक बटुलेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here