इंगलिस प्रिमियर लिगमा टोटनहमले उल्भ्सलाई पराजित गरेको छ। आइतबार मोलिनिउक्स स्टेडियममा भएको खेलमा टोटनहमले उल्भ्सलाई १-० ले पराजित गरेको हो ।

खेलको ९ औं मिनेटमा डेले अलीले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

यस सिजनमा यो टोटनहमको लगातार दोश्रो जीत हो । यससंगै दुई खेलबाट टोटनहमले ६ अंक बटुलेको छ भने उल्भ्स अंक बिहिन रहेको छ । दुई खेल खेलेको उल्भ्सले दुवै खेलमा हार बेहोरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here