इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ। आइतबार बेलुका इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले आर्सनलमाथि २-० को फराकिलो जीत निकालेको हो ।

खेल सुरु भएको १५ औं मिनेटमा नै चेल्सीले अग्रता लिएको थियो। खेलको १५ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेका थिए । लुकाकु यो डेब्यू खेल थियो । यसअघि इटालियन च्याम्पियन इन्टर मिलानमा खेल्दै आएका लुकाकु यस सिजनबाट चेल्सीमा आएका थिए ।

त्यस्तै खेलको ३५ औं मिनेटमा मासन माउन्टको पासमा रिस जेम्सले गोल गर्दै खेलमा दोब्बर अग्रता दिलाए । यससंगै दुई खेल खेलेको चेल्सी, लगातार दुई खेलमा जीत हात पर्दै ६ अंक बटुलेको छ भने आर्सनलले कुनै खाता खोल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here