अफगानिस्तानमाथि कब्जा गरेको तालिबान समुहले फेरी एउटा भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा तालिबान अमेरिकाको मिलिट्री ड्रेस र हतियार सहित देखिएका छन् । यो भिडियो तालिबानले आफ्नो च्यानलमा अपलोड गरेको छ । अफगान र अमेरिकी सेनाबाट खतरा महसुस भए संगै तलिबानी लडाकुले ३१३ बटालियन बनाएको छ । यस युनिटलाई तालिबानले प्रेसिडेन्शियल प्यालेस सहित देशको अलग अलग स्थानमा खटाइएको छ ।

उनिहरुले लगाएको ड्रेस अमेरिकी आर्मी संग मिल्दो जुल्दो देखिन्छ । उनीहरुसंग अमेरिकी राइफल एम-४, बडी आर्मर, नाइट भिजन डिभाइस, बुलेट प्रुफ ज्याकेट सहित अन्य हतियार रहेको बताइएको छ ।

अफगानिस्तानमा कब्जा गरेको तालिबानले अफगानमा लामो समयसम्म शासन गर्ने तरखरमा रहेको छ। जसका लागि यस समुहले अफगानको सबै स्थानमा आफ्नो लडाकु खटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here