बुधबार नेपाल थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । बुधवार कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी भएको र तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार सात ७० पुगेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here