समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिक विवाद चर्किदै जाँदा दुई अध्यक्ष बीच थप अन्तरसंघर्ष बढ्दै जाने सम्भावना बढेको छ।

पार्टी भित्रको अन्तरिक विवाद र शक्ति संघर्षमा दुई अध्यक्षबिच एकले अर्कालाई तेजोबध गर्ने रणनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली र द्वितीय अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड’ मैदानमै खुलम खुल्ला उत्रिन थालेका छन्। २८ गते बसेको सचिवालयको बैठकमा एक अर्काका विरुद्ध संगिन आरोप प्रत्यारोपले सजिसजाउ लेटर बम प्रयोग गरेका अध्यक्षद्वयले अब त्यो आक्रमण नया ढंगले अघि बढाएका छन्।

सचिवालय बैठकमा बहुमत सदस्य भएका दाहालले आजका दिउँसो १ बजेका लागि तय गरेको बैठकमा ओली विरुद्ध थप आक्रामक रणनीति बनाई राखेकै बेला प्रधानमन्त्री ओलीले त्यस मिस्पेज पार्न सचिवालय बैठककै समयमा मन्त्रि परिषदको बैठक बोलाएका छन्।

अपरान्ह १ बजेका लागि बोलाइएको सचिवालयको बैठक प्रभावित पार्न प्रधानमन्त्री ओलीले १ बजे नै मन्त्रिपरिषद बैठक बोलाएको मन्त्रिपरिषद स्रोतले बताए । सचिवालय बैठककै समयमा उही स्थान र उही समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि सचिवालय बैठक प्रभावित हुने समय बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here