शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । शुक्रबार धाबीखोला करिडोरको अनुगमन गर्दै मन्त्री श्रेष्ठले हजारौं सवारी साधन सञ्चालन हुने बाटोमा खाल्डाखुल्डी भएको भन्दै तत्काल पुर्न उपत्यका विकास प्राधिकरणलाइ निर्देशन दिएका हुन् ।

करिडोरका अवस्थाका बारेमा जनताबाट गुनासो आएकाले आफुले अनुगमन गरेको बताए । उनले बिजुलीबजारमा करिडोर निर्माणमा त्रुटी देखिएको बताए ।

मन्त्री श्रेष्ठले बुद्धनगरस्थित आर्क ब्रिजको मुनिबाट पनि सडक बनाउने प्रक्रिया सुरु गर्न निर्देशन दिए । उनले करिडोर निर्माणमा लापरवाही नगर्न चेतावनी पनि दिए ।

त्यस्तै करिडोरको फुटपातपनि अस्तव्यस्त देखिएको भन्दै त्यसलाई व्यवस्थीत गर्न प्राधिकरणको ध्यानाकर्षण गराए ।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई , मन्त्रालयका सचिव डा रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा भाइकाजी तिवारी सहितको टोलीले खोलाले ओगटेको करिडोरको स्थलगत निरीक्षण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here