भारतमा केहि राज्यमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुलेपछि बिभिन्न उद्योग, व्यवसायी, शैक्षिक संस्था लगायतका क्षेत्रहरु खुलेसंगै भारतमा संक्रमण दर तीब्र स्तरमा बढेको छ । पछिल्लो समय भारतमा संक्रमण स्कुलको बच्चा र शिक्षकहरुमा देखा परेको छ । जसका कारण भारतका केही राज्यहरुले एक पटक फेरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

महाराष्ट्र सरकारले बृहन्मुंबई महानगरपालिका(बीएमसी) अन्तर्गतका स्कुल हरु ३१ डिसेम्बरसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै हरियाणा सरकारले पनि ३० नोभेम्वरसम्म सरकार र निजि स्कुलहरुलाई बन्द गर्ने निर्देशन दिएको छ। गुजरात सरकारले स्कुल खोल्ने निर्णयबाट पछि हटेको छ।

गुजरातमा कोरोना संक्रमण बढ्दै गएपछि राज्य सरकारले स्कुल खोल्ने निर्णय तत्काल का लागि फिर्ता लिएको छ । आइतबार बाट गुजरात सरकारले सुल खोल्ने निर्णय निर्णय बाट पछि हड्डी अहिले सरकार तथा निजी बिद्यालयहरु न खोल्न निर्देशन दिएको छ । यति मात्र नभई सरकारले राज्यको आर्थिक राजधानी मानिने अहमदाबाद रति नौ बजे देखि बिहान ६ बजे सम्म नाइट कर्फ्यु लगाउने आदेश जारी गरेको छ।

हरियाणामा सोमबारबाट खुलेको स्कुल खुलेको थियो । जसका कारण बिहानको सिफ्टमा पढाउने शिक्षक र बिद्यार्थीहरुमा संक्रमण देखिन थाल्यो । यसरी शैक्षिक संस्थामा संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले सबै सरकारी तथा निजी स्कुल हरु ३० नोभेम्वरसम्म का लागि बन्द गर्ने आदेश दिएको छ ।

महाराष्ट्रमा मुम्बईमा २३ नोभेम्वरबाट कक्षा ९ देखि १२ सम्मको कक्षा सुरु गर्ने निर्णय गरेको थियो । यस बीचमा महाराष्ट्रमा संक्रमण बढ्दै गएपछि सबै शैक्षिक गतिविधि सुरु गर्ने फैसलाबाट पछि हटेको छ । भारतीय संचार मध्यम एएनआइका अनुसार बृहन्मुंबई महानगरपालिका(बीएमसी)ले महानगरका सबै स्कुल ३१ डिसेम्वरसम्मका लागि बन्द गर्ने फैशला गरेको हो । एजेन्सीको सहयोगमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here