सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसंग छलफल भइरहेको बताएका हुन् ।

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्नुपर्ने व्यवस्था छ । तर त्यसअघि नै संसद बोलाउन अधिकतम प्रयास भइरहेको सभामुख सापकोटाले बताए ।

सभामुख सापकोटाले संसद नचलेका बेला सरकारले ल्याएको अध्यादेशहरुमा सदनमा छलफल हुने उल्लेख गरे ।

नियमित बैठक बस्नुपर्ने र अधिवेशन लामो समयसम्म चल्ने भएकाले कोरोना नफैलियोस् भनी स्वास्थ्य सुरक्षाका बिभिन्न उपायहरुमा पनि छलफल भइरहेको उनले बताए ।

संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ ।

2

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

थप पढ्नुहोस्


1

लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइएको छ ।

थप पढ्नुहोस्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here