बुटवलमा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन्। बुधबार बिहान तिनाउ पुल नजिकै नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले अर्थमन्त्री पौडेल सवार गाडीलाई कालो झन्डा देखाएका हुन् ।

उनि तिनाउ–दानव करिडोरको शिलान्यास गर्न बुटवल गएका थिए। पौडेलले अर्थमन्त्री पदका लागि प्रदेशको राजधानी साटेएको भन्दै नेवि संघ र तरुण दलले कालो झन्डा देखाइएका थिए । उनि विरुद्ध केहि समय सडकमा नाराबाजी भएको थिए। पौडेलमाथि बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी बनाइ अर्थमन्त्री पद लिएको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here