अर्जेन्टिनाका स्टार खेलाडी डिएगो माराडोनाको निधन भएको छ । अन्तराष्ट्रिय संचार माध्यम रायटर्सका अनुसार बुधबार डिएगो माराडोना हृदयघातका कारण मृत्यु भएको हो । ६० बर्षिय माराडोना फुटबलको क्षेत्रमा निकै नै चर्चित नाम हो । केहि समय अघि मस्तिष्कमा रगत जमेर उनको शल्यक्रिया गरिएको थियो।

३० अक्टुबरमा जन्मदिन मनाएका माराडोना डिप्रेसनका देखिएपछि नोभेम्वर २ मा अस्पताल भर्ना गरिएको थियो । उनि एक हप्ता देखि निकै दुखि रहेको न्यूह एजेन्सी एपीले जनाएको छ । उनले खाना पनि खान छोडेको बताइएको छ।

माराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा बिश्वकप जितेका थिए। उनि त्यसबेला अर्जेन्टिनाको कप्तान थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here