आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित हासिल गर्दै प्रशिक्षक मिकेल आर्टेटामाथिको दबाब कम गरेको छ । एमिरेट स्टेडियममा आर्सनलले नर्विच सिटीलाई १–० गोलले हरायो ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन मा आर्सनलले पहिलो जीत हात परेको छ । शनिबार एमिरेट स्टेडियममा भएको खेलमा आर्सनलले नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो जीत निकालेको हो ।

खेलको दोश्रो हाफको ६६ औँ मिनेटमा गोल पिएरे एमेरिक आउबामियाङले गोल गर्दै टिमलाई जीत दिलाएका थिए । यस सिजनमा अहिले सम्म ४ खेल खेलेको आर्सनलले यस अघिको तीन खेलमा पराजित भई लिगको अन्तिम स्थानमा पुगेको थियो । यस जीतसंगै आर्सनल लिगको १६ औं स्थानमा उक्लिएको छ । त्यस्तै चारै खेलमा हार बेहोरेको नर्विच सिटी भने अहिले अन्तिम स्थानमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here