बलिउड अभिनेता सलमान खानको फिल्म ‘अन्तिम: द फैनल ट्रुथ’ लाई लिएर अहिले बलिउडमा चर्चाको बिषय बनेको छ ।

गणेश चतुर्थीमा अन्तिमको एक गीत रिलिज भएको थियो । विघ्नहर्ता नाम गरेको उक्त गीत अहिले युटुबमा ट्रेन्ड गरेको छ ।

यस फिल्म सम्बन्धमा अहिले बिभिन्न खबरहरु बाहिर आएका छन् । यस फिल्ममा सलमानले निभाएको किरदार उनि भन्दा अघि अनिल कपुरलाई अफर गरिएको थियो ।

फिल्ममा निर्माताहरुले फिल्म बनाउने योजना गरेसंगै यो फिल्ममा अनिललाई खेलाउने विचार गरेका थिए । फिल्मको कस्ट नै निश्चित नभई सलमानलाई गेस्ट अपीयरेन्समा आउने खोशाना भयो ।

तर, पछि सलमान नै मुख्य भूमिकामा देखिने भएका छन् । यस फिल्ममा सलमान संगै उनका ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा देखिएका छन् । यो एक्सन थ्रिलर फिल्म महेश मान्जरेकरले निर्माण गरेका हुन् । यो फिल्ल्म मराठी फिल्म ‘मुलशी पैटर्न’ को रिमेक हो । यो फिल्ल्म हिन्दी, तेलुगु, कन्नड र उडिया भाषामा रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here