नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो पुलिसले पक्राउ गर्ने क्रममा गरेको लछार-पछारले शरीर दुखेको बताएका छन् ।

नेता पौडेलले बिहिबार आफ्नो सामाजिक संजालमा पुलिसको डण्डाबाट पेलिएका उनको करङ दिउसोभन्दा साझ दुख्दै आएको र हिजोभन्दा आज बढी दुखेको बताएका छन्। सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा नमिलेको उनले बताएका छन् ।

यसरी लछार-पछार गरिएको थियो पौडेललाई:

उनले भनेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

पौडेललाई गृह जिल्ला तनहुँको एक कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा लछार-पछार गर्दै गिरफ्तार गरिएको थियो । उनलाई बुधबार साँझ रिहा गरिएको थियो।

बुधबार पक्राउ पर्नु अघि मंगलबार गृह जिल्ला तनहुँमा के भनेका थिए त पौडेलले?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here