कार्तिक १८ गते अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा पराजय भएका डोनाल्ड ट्रम्पले एक पटक फेरी अमेरिकाको राष्ट्रपति बन्ने दाबी गरेका छन् । जो बाईदेनसंग निर्वाचन हारेका ट्रम्पले बुधबार वाइट हाउसमा भएको क्रिसमस पार्टीका क्रममा सो दाबी गरेका हुन् । ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका थिए भने बाइडेन ३०६ इलेक्टोरल भोट पाएका थिए । ७४ मतले पराजित भएका ट्रम्पले अझै पनि आफ्नो हार स्वीकार्न सकेका छैनन्।

अमेरिकाका मिडियाहरुमा सन् २०२४ को निर्वाचनमा ट्रम्प पुर्न: रिपब्लिकन पार्टीको उम्मेदवार हुन सक्ने आकलन गरिराखेका छ । तर ट्रम्पको अघि सबैभन्दा ठुलो समस्या हो उनको उमेर।

बुधबार वाइट हाउसमा ट्रम्पले एक क्रिसमस पार्टी आयोजना गरेका थिए । पार्टीमा ट्रम्पका निकट ब्यक्तिहरु मात्र सामेल रहेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ । उक्त कार्यक्रममा उनले वाइट हाउसमा आफ्नो ४ बर्षको कार्यकल शानदार भएको बताए । अझै ४ बर्षका लागि आउन खोजे पनि यस पटक त्यो सपना पुरा नभएको उनले बताए । सन् २०२४ मा हुने निर्वाचनलाई लक्षित गर्दै एक पटक फेरी वाइट हाउस आउने उनले बताए। उक्त पार्टीमा रिपब्लिकन पार्टी सिनियर लिडर्स हरु पनि समिल थिए।

राष्ट्रपति निर्वाचनको नतिजा आएको एक महिना बितिसक्दा पनि ट्रम्पले न त अझै सम्म हार स्वीकारेका छन् न त बाइडेनलाई बधाई दिएका छन् । उनको निर्वाचन क्याम्पेन टीम र वकीलहरले कैयौ राज्यमा धाधली भएको आरोप लगाउदै अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, अमेरिकी अटॉर्नी जनरल विलियम बारले बुधवार ट्रम्पले लगाएको धांधलीको आरोप खारेज गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here