फाइल फोटो

प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् । प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुग्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here