नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशिल सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच बर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको आरोप उनले लगाए । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरा लगाएत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने तर्क गरे ।

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता जनाए । १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here