भारतले ३ तीन खेलको टी २० सीरीजको दोश्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ। यस संगै भारतले सिरिजमा २-० ले कब्जा गरेको छ । भारतको टि-२० मा यो लगातार ९ औं जित हो ।

सिडनीको क्रिकेट ग्राउण्डमा भएको दोश्रो टि-२० मा टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रिएको अस्ट्रेलियाले भारतलाई १९५ रनको लक्ष्य दिएको थियो। त्यसको जवाफमा भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाउदै खेल आफ्नो नाममा गरेका थिए।

खेलमा भारतका ओपनर शिखर धवनले ५२ रन खेल्दै टि-२० मा ११ औं अर्धसतक लगाएका छन्। यसभन्दा अघि धवनले लोकेश राहुल (३०) संग ५६ रनको ओपनिङ्ग पार्टनरशिप गरेका थिए। धवनले कप्तान विराट कोहली (४०) संग ३९ रनको सझेधारी गरेका थिए । धवन-राहुल आउट भएपछि कोहलीले क्रिजमा राम्रो प्रदर्शन गरेका थिए । त्यस्तै चौथो विकेटका लागि कोहलीले हार्दिक पंड्या संग २९ रनको सझेधारी गरेका थिए।

भारतले अस्ट्रेलियामा आभारअल यति धेरै टार्गेट चेज गरेको यो दोश्रो पटक हो । अहिलेसम्म सबै भन्दा ठुलो टार्गेट चेज गर्ने भारत पहिलो राष्ट्र हो। सन् २०१६ मा सिड्नी टि-२० मा भारतले १९८ रनको टार्गेट चेज गरेको थियो।

अस्ट्रेलियामा भारतका टि-२० को रेकर्ड निकै राम्रो छ। पछिल्लो १२ बर्षमा भारतले अस्ट्रेलियामा कुनै पनि द्विपक्षीय टी-२० सीरीज हरेको छैन। यो खेल संगै भारतले अस्ट्रेलियाविरुद्ध ओभरअल ९ मा चौथो सिरिज आफ्नो नाम गरेको हो। उस भन्दा अघि भारतले सन् २००८ मा अस्ट्रेलियासंग टि-२० सिरिजमा हारको
सामना गरेको थियो। एजेन्सीको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here