सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै चालु संसदको बैठक अवरुद्ध पार्दै आएको नेकपा एमालेले मंगलबार पनि सदनमा विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ।

पछिल्लो समय सदनभित्र देखिएको असहजताको गाँठो फुकाउने प्रयास स्वरुप सभामुख सापकोटाले सोमबारका लागि बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले आज बसेको प्रतिनिधि सभा बैठकमा पनि नारावाजी कायमै राख्दा सदनको कारबाही सहजरुपमा चल्न सकेन।

अपरान्ह १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सभामुख सापकोटाले सुरु गर्नासाथ एमालेका सांसदहरु उभिएर विरोध गर्दै नारावाजीसहित वेल घेर्न पुगे।

त्यसका बाबजूद सभामुख सभामुख सापकोटाले बैठकको कार्यसूचिमा उल्लेखित विषयमा प्रवेश गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई हालै सदनमा पेश गरेको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए।

अहिले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सदस्यहरुलाई समय दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here