प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एभर्टनसंग १-० ले पराजित भएका थिए । घरेलु मैदानमा भएको खेलमा गिल्फी सिगुर्डसनले गोल गर्दै एभर्टनलाई जीत दिलाएका थिए ।

हिजोको खेलमा सिगुर्डसनले २२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । चेल्सीका गोलकिपर इडुवार्ड मेन्डीले डोमिनिक कालभर्ट–लेविनलाई डी-एरियामा लडाएपछि एभर्टनले पेनाल्टी पाएको थियो। उनको गोल यो खेलकै निर्णायक गोल बन्न पुग्यो र चेल्सी लिगको शिर्ष स्थानमा जाने मौका पनि गुमाएको छ ।

फ्रांक लामपार्डको चेल्सीले आक्रमक खेल खेलेपनि नतिजा भने दिन सकेन। यस हारसंगै चेल्सी २२ अंक सहित तेस्रो स्थानमा बसेको छ भने पहिलो स्थानमा टोटेनह्याम र दोस्रो स्थानमा लिभरपुलको रहेको छ । दुवै टिमको अंक २४ रहेको छ। त्यस्तै १२ खेल खेलेको एभर्टन २० अंक सहित सातौं स्थानमा उक्लिएको छ।एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here