स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि जीत हात परेको छ । शनिबार राति मड्रिड डर्बीबीच भएको खेलमा रियलले एट्लेटिकोमाथि २-० को गोल अन्तरले जीत हात परेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा एक गोल कासेमिरोले गरेका थिए भने अर्को आत्मघाती उपहार पाएका थिए । हिजो भएको खेलको पहिलो हाफको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । टोनी क्रुसको कर्नरलाई सदुपयोग गर्दै हेड गर्दै गोल गरेका थिए ।

पहिलो हाफ १-० खेलेको खेलमा दोश्रो हाफमा एट्लेटिको आत्मघाती गोल गर्यो । खेलको ६३ औं मिनेटमा एट्लेटिको ड्यानियल कार्भाहालले हानेको लामो प्रहार पोष्टमा लागेर फर्किएको बलले गोलकिपर जन ओब्लाकलाई छोएर गोल भएको थियो । यस जीत संगै रियल लिगको शिर्ष ३ मा आफ्नो स्थान बनाएको छ । १२ खेल खेलेको रियलले २३ बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। शिर्ष रहेको एट्लेटिको रियल भन्दा ३ अंक अगाडी छ। एट्लेटिकोले अहिले ११ खेल खेलेर २६ अंक सहित लिगको शिर्ष स्थानमा बसको छ । एजेन्सीको सहयोगमा


2शिर्ष स्थानमा उक्लिने मौका पाएको चेल्सी एभर्टनसंग पराजित

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एभर्टनसंग १-० ले पराजित भएका थिए । घरेलु मैदानमा भएको खेलमा गिल्फी सिगुर्डसनले गोल गर्दै एभर्टनलाई जीत दिलाएका थिए ।

थप पढ्नुहोस्


1म्यान्चेस्टर डर्बी गोलरहित बराबरीमा

प्रिमियर लिग फुटबलअन्तर्गत म्यान्चेस्टर डर्बी गोलरहित बराबरी खेलेका छन् । शनिबार राति म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिसंग बराबरीमा रोकिएको हो ।

थप पढ्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here