स्पेनिस ला लिग फुटवलमा बार्सिलोनाले जीत परेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्तेमाथि १-० को गोल अन्तरले जीत हात पारेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा कप्तान लियोनल मेसीले गरेको गोलनै खेलको निर्णय बन्यो। बार्सिलोनाबाट खेलेर मेस्सीको यो ६०० औं गोल हो। 

खेल मेसीलेको ७६ औं मिनेटमा फ्रांक डी जोङले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । ११ खेल खेलेको बार्सिलोनाको यो जीत पाचौं जीत हो। यससंगै १७ अंक सहित लिगको ८ औं स्थानमा रहेको छ । त्यस्तै लेभान्ते ११ अंक साथ लिगको रेलिगेशन क्षेत्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here