नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारीको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक कार्यक्रममा ओलीले सरकारले र गठबन्धन दलको क्रियाकलापले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको बताएका हुन् । उनंले सरकारले वितरण गरेको पदकलाई रत्नपार्कमा वितरण गरे जस्तो भन्दै सरकारको आलोचना गरे ।

उनले भने, ‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे ? ’

त्यस्तै अघिल्लो सरकारले ल्याएको धेरै जनमुखी कार्यक्रमहरु वर्तमान सरकारले रोकिदिएको ओलीले बताए । उनले प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर शेरबहादुर देउवाले मुलुकको बहुमूल्य समय बर्बाद गरेको टिप्पणी गरे । ओलीले एमाले बनाएको नेपालको लोकतन्त्रको प्रारुप कुनै पार्टीसंग नभएको धारणा राखे ।

अध्यक्ष ओलीले मदन भण्डारीले नेपालको कम्युष्टलाई एकतावद्ध गर्न निकै भूमिका खेलेको र मुलुकको परिवर्तनमा पनि भण्डारीको योगदानलाई बिर्सन नसकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here