नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनदेखि वर्तमान सत्तागठबन्धनबीचको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका खड्कालाई कोेरोना संक्रमण भएको पुष्टि भएपछि उनी अहिले दैनिक राजनीतिक गतिविधिबाट अलग्गिएका छन्।

खड्काले आइतबार आफ्नो फेसबुक मार्फत दिएको जानकारी अनुसार, शुक्रबार अपरान्ह ४ बजेदेखि ज्वरो, खोकी सुरु भएपछि आइतबार एन्टिजिन र पिसिआर परिक्षण गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको हो।

उनले धेरै सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोनाले आफूलाई संक्रमित गरेको भन्दै असोेज ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन पनि अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here