नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताएका छन् ।

आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा भएको नेकपा एमाले केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने भन्दै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बतेका हुन् ।

‘हामीसँग एजेण्डा छैन, कसरी चुनावमा जाने भन्ने नठान्नु होला। हामीले काम गरेका छौँ। कामको फेहरिस्त छ ।’ उनले भने, ‘हामीलाई केही गाह्रो छैन। ‘

त्यस्तै उनले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको दावी गरे । उनले प्रतिवेदनमाथि आएका सवै सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here