स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात परेको छ । गए राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गरेको हो। खेल सुरु भएको ६ औ मिनेटमा मेम्फिस डिपाएले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गरेको हो । खेलको सातौ मिनेटमा डिपाएको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । मिरामोनको पासमा राडोजाले बललाई नियन्त्रणमा लिने प्रयास डिपाएलाई फल गर्न पुगेका थिए ।

खेलको १४ औं मिनेटमा सर्जिनो डेस्टको पासमा लुक डि जोङले गोल गर्दै खेलमा दोब्बर अग्रता दिलाए । खलेको अतिरिक्त समयमा सब्सिच्युट फरवार्ड अन्सु फातीले गोल गर्दै खेललाई ३-० मा पुराए । ८१औं मिनेटमा फाती लुक डि जोङको स्थानमा मैदान छिरेका थिए । गत नोभेम्वरमा घाइते भएका फाती पहिलोपल्ट मैदान परिवेश गरेका हुन् ।

यससँगै बार्सिलोनाले आफ्नो अपराजित कायम रहेको छ । ६ खेल खेलेको बार्सिलोना १२ अंक सहित लिगको ५ औं स्थानमा उक्लिएको छ । लिगको शिर्ष स्थानमा रियल म्याड्रिड बार्सिलोनाभन्दा ५ अंकले अघि रहेको छ । त्यस्तै लेभान्टे भने ४ अंक सहित लिगको १७औं स्थानमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here