इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले टोटेनहम हटस्परलाई पराजित गरेको छ। गएराति घरेलु मैदान इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा आर्सनलले टोटेनहमलाई ३–१ पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा इमिल स्मिथ रोवीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। खेलको २७ औं मिनेटमा रोवीको कप्तान पिएरे इमिरिक औवामियाङले गोल गर्दै खेलमा दोब्बर अग्रता लिए। खेलको ३४ औं मिनेटमा बुकायो साकाले गोल गर्दै ३-० को अग्रता लिए।

पहिलो हाफमा ३ गोलको अग्रता लिएको आर्सनलाई दोश्रो हाफमा टोटेनहमले गोल फर्काउदै खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ७९ औं मिनेटमा सर्जियो रिगुइलोनको पासमा सनले एक गोल फराए पनि जितका लागि त्यो गोल पर्याप्त हुन सकेनन।

लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो भने टोटेनहमको लिगमा यो लगातार तेस्रो हार हो । यस अघि आर्सनल म्यानचेस्टर सिटिसंग ५-० को गोल अन्तरले हार बेहोर्न परेको थियो।

यससंगै ६ खेल खेलेको आर्सनल ९ अंक सहित लिगको १० औं स्थानमा उक्लिएको छ भने टोटेनहम हारसंगै ७ औं स्थानमा उक्लिने मौका गुमाएको छ। टोटेनहम ९ अंक सहित लिगको ११ औं स्थानमा रहेको छ ।

त्यस्तै गएराती भएको अर्को खेलमा वल्भ्सले साउथह्याम्टनलाई पराजित् गरेको छ । साउथह्याम्टनको घेर्लु मैदानमा भएको खेलमा वल्भ्सले १–० ले पराजित गरेको हो । खेलको ६१ औं मिनेटमा राहुल जिमिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । यस संगै वल्भ्सले ६ अंक सहित लिगको १४ औं स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ४ अंक सहित लिगको १६औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here