इटालियन सिरी ‘ए’ मा नेपोलीले क्याग्लिएरीलाई पराजित राख्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदान स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा भएको खेलमा नेपोलीले क्याग्लिएरीलाई २-० को गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा पिओटर जिलेन्स्कीको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको नेपोली दोश्रो हाफको ५७औं मिनेटमा पेनाल्टीमार्फत लोरेन्जो इन्सिग्नेले अर्को गोल गर्दै खेलमा दोब्बर अग्रता लिए ।

नेपोलीको यो लगातार ६ औं जित हो । यस जितसंगै नेपोली १८ अंक सहित लिगको शीर्षस्थानमा उक्लिएको छ । त्यस्तै क्याग्लिएरी २ अंक सहित लिगको १९औं स्थानमा रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here