इटालियन सिरी ‘ए’ मा लाजियोले जित हात पारेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमालाई ३-२ ले पराजित गरेको हो ।

खेलको १० औं मिनेटमा फिलिपे एन्डरसनको पासमा सेर्गेज मिलिन्किोभिक साभिकले गोल गर्दै खेलमा अग्रता दिलाए । त्यस्तै खेलको १९ औं मिनेटमा सिरो इमोविल्लेको पासमा पेड्रो रोड्रिग्वेजले गोल खेल २-० मा पुराए ।

खेलको ४१औं मिनेटमा जोर्डन भेरेटआउटको पासमा रोजर इवानेजले गोल गर्दै खेलमा फर्किने प्रयास गरे। तर, खेलको ६३औं मिनेटमा सिरो इम्मोविल्लेकै पासमा फिलिपे एन्डरसनले गोल गरेपछि खेल ३-१ मा पुग्यो । खेलको ६९ औं मिनेटमा पेनाल्टीमार्फत रोमाका जोर्डन भेरेटआउट गोल गरेपनि खेलमा जित हात पार्न सकेनन ।

यससंगै ६ खेल खेलेको लाजियो ११ अंक सहित लिगको छैटौ स्थानमा उक्लिएको छ भने रोमा १२ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here