फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको निष्कर्ष निकालेको छ ।

आज राप्रपाका अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानमा नभएको बताएको छ ।

सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको छ बैठकले बताएको छ । सरकारको यो कदमले प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पु-याएको भन्दै उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामि निर्णयको विरोध र भत्सर्ना गरेको छ ।

मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याएको आरोप लगाएको छ ।

प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ ।

राप्रपाले परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षमा अपिल गरेको छ। आजको बैठकमा बैठकमा अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र श्री कमल थापा समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here